२०८२ कार्तिक १३ गते बिहिवार
काठमाडौं । साताको पांचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
बुधबार तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार पनि समान कायम भएको हो ।
साथै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । बुधबार तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने बढेर तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij