Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१६ अंक बढ्यो शेयर बजार, कारोबार रकम २ अर्ब ७९ करोडमा सीमित

१६ अंक बढ्यो शेयर बजार, कारोबार रकम २ अर्ब ७९ करोडमा सीमित


  • 995
    Shares

    • images
    १६ अंक बढ्यो शेयर बजार, कारोबार रकम २ अर्ब ७९ करोडमा सीमित

    काठमाडौं ।  साताको पहिलो  कारोबारको दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १६.६७ अंकले बढेर २,५०३ को विन्दुमा कायम भएको छ ।

    आज १६३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको ६१ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७९ करोडको शेयर कारोबार भएको छ । 

    बैंकिङ ०.८७, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.७२, हाइड्रोपावर ०.७०, लगानी ०.७५, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स ०.४७, अन्य १.१६ तथा व्यापार ०.९० प्रतिशत बढेको छ । विकास बैंक ०.२१ र निर्जीवन बीमा समूह ०.३४ प्रतिशत घटेको छ ।

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिरीको २५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    2.JPG

    प्रकाशित मिति :कार्तिक २ २०८२ आइतवार - १५:२९:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij