Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नयाँ सरकार गठनको तयारीको लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

नयाँ सरकार गठनको तयारीको लागि कांग्रेस पदाधिकारी बैठक बस्दै


  • 5.4K
    Shares

    नयाँ सरकार गठनको तयारीको लागि कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

    नयाँ सरकार गठनको तयारीका लागि देउवाले दिउँसो ३ बजे आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारीको बैठक बोलाएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    हिजो प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल भएर अल्पमतमा परेपछि राष्ट्रपतिले बहुमतको सरकारको लागि आह्वान गर्नुभएको छ ।

    बैठकमा नयाँ सरकारको लागि पहल गर्ने र सम्भावित गठबन्धनको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव–वाबुराम भट्टराई पक्षले नयाँ सरकारको तयारी थालेका छन् ।

    जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएपछि नयाँ सरकारको लागि बहुमत पुर्याउन कांग्रेस–माओवादी गठबन्धनलाई समस्या परेको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - ११:३०:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij