Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

देउवा रिङबाट आउट हुने सम्भावना, प्रधानमन्त्रीको फाइनल दौडमा ओली र बाबुराम

देउवा रिङबाट आउट हुने सम्भावना, प्रधानमन्त्रीको फाइनल दौडमा ओली र बाबुराम


  • 5.2K
    Shares

    देउवा रिङबाट आउट हुने सम्भावना, प्रधानमन्त्रीको फाइनल दौडमा ओली र बाबुराम

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखको विहानसम्म बहुमतको नयाँ सरकार निर्माणको आव्हान गरेकी छिन् । सत्ता समिकरणको तयारी घनिभूत भएपनि सम्भावना क्षीण छ ।

    जनता समाजवादी पार्टीको आधा सांसदसहित शक्तिशाली रहेका अध्यक्ष महन्थ ठाकुरले २७ वैशाखको मध्यराति विज्ञप्ति जारी गरी सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित भएको बताएका छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले बहुमतको सत्ता समिकरण गर्ने उद्देश्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीलाई काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित संयुक्त हस्ताक्षर गरेकै दिन ठाकुरको विज्ञप्ति आउनु अर्थपूर्ण छ ।

    ठाकुरसँग १६ सांसद साथमा रहेको हिजोको विश्वासको मतको मतदानबाट देखिएको छ । उनले साथ नदिने हो भने ओलीको विकल्पमा नयाँ समिकरण बनाएर सरकार बनाउने सम्भावनाको ढोका बन्द हुनसक्छ । ओलीको विकल्पमा देउवाले सरकारको नेतृत्व लिने तत्परता देखाइरहँदा ठाकुरको विज्ञप्तिले उनलाई रोक्न खोजेको देखिन्छ ।

    अब नयाँ सरकार बन्दा देउवाको नेतृत्वमा बन्ने सम्भावना कमजोर हुँदै गएको छ । जसपाले नै सरकारको नेतृत्वको दाबी गर्न सक्छ । जसपालाई सरकारको नेतृत्व दिन प्रचण्ड तयार भएपनि देउवा देखिदैनन् । देउवाले ओलीको विकल्प खोज्न जसपाको सरकारको नेतृत्व दाबीलाई मान्नुपर्ने हुन्छ । होइन भने ओली नै अल्पमतको प्रधानमन्त्री बनेर चुनावमा जान्छन् ।

    अहिलेको सत्ता संघर्षले देउवा प्रधानमन्त्रीबाट रोकिने सम्भावना बढेर गएको छ । दौडमा ओली र डा. बाबुराम भट्टराई नै अगाडि देखिएका छन् । बाबुरामको विकल्पमा महन्थको सम्भावना पनि रहन सक्छ । तर, अबको प्रधानमन्त्रीको मुख्य प्रतिष्पर्धा ओली र बाबुरामबीच देखिएको छ ।

    देउवा रिङबाट आउट हुने अवस्था बन्दैछ । यस्तो अवस्थामा निर्णायक शक्ति जसपा नै बन्ने र उसले सरकारको नेतृत्व दाबी गर्ने ठाउँ बलियो हुने देखिन्छ ।

     

    प्रकाशित मिति :बैशाख २८ २०७८ मंगलवार - ११:२१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij