२०८२ माघ १४ गते बुधवार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्ने मन्त्रिपरिषदको बैठकमार्फत पूनः प्रतिनिधिसभा विघटन गर्नेगरि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने तयारी गरेका छन् ।
संसदमा विश्वासको मत पनि नपाएको र वैकल्पिक सरकार पनि बन्ने आधार नदेखिएको भन्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्नसक्ने अड्कलबाजी सुरु भएको छ ।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद बैठक डाकेका थिए । तर, संसद बैठक लम्बिएको कारण मन्त्रिपरिषद बैठक बस्न केही ढिला हुने बुझिएको छ ।
कांग्रेसनिकट अधिवक्ता केशबराज जोशीले पनि प्रधानमन्त्री ओलीले संसद विघटनको लागि प्रधानमन्त्रीले आजै सिफारिश गर्नसक्ने सम्भावना औंल्याए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij