२०८२ माघ १४ गते बुधवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत दिन गरेको प्रस्तावबारे बोल्दै उनले विश्वासको मत दिन नसकिने प्रस्ट पारेका हुन्।
'तपाईंले राख्नुभएको विश्वासको प्रस्तावलाई सम्मान गर्न सक्दैनौं। बरु हाम्रा पार्टीका साथीहरुले विरुद्धमा मतदान गर्ने विकल्प खोज्ने बाटोतर्फ अघि बढिसकेको अवगत गराउन चाहन्छु,' उनले भने।
अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत देश चलाउन खोजेको, भ्रष्टाचार बढेको, कोरोना महामारी नियन्त्रणमा काम गर्न नसकेको, संघीयताको मर्मअनुरुप काम नगरी प्रदेशलाई संघकै एकाईका रुपमा लैजान खोजेकोलगायत आरोप लगाएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij