Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

ओलीलाई प्रचण्डको प्रश्न–आफैंले विघटन गरेको संसद र सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?

ओलीलाई प्रचण्डको प्रश्न–आफैंले विघटन गरेको संसद र सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?


  • 5.3K
    Shares

    ओलीलाई प्रचण्डको प्रश्न–आफैंले विघटन गरेको संसद र सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘यो सदन र यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?’ भनेर प्रश्न गरेका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई गत पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको स्मरण गराए ।

    ‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ उनले प्रश्न गरे । उनले प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आशंका समेत गरे ।

    उनले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोपसमेत लगाए । उनले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ आवश्यक प्रक्रिया पूरा गर्नका लागि त प्रधानमन्त्रीले विश्वासको मत मागेको होइन भन्ने आशंकासमेत गरे ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १६:००:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij