Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउन देउवाको माग

संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउन देउवाको माग


  • 5.5K
    Shares

    संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउन देउवाको माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनको प्रक्रिया शुरू गर्नुपर्ने बताएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलका क्रममा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको धारा ७६ (२) अनुसारको गठन प्रक्रिया शुरू गर्नुपर्ने बताएका हुन् ।

    प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको दाबी गर्दै देउवाले नयाँ सरकार गठनको प्रक्रिया शुरू गर्नुपर्ने बताएका हुन् ।

    देउवाले सरकार भ्रष्टाचारमा लागेको आरोप लगाए । ‘ओली आफैँले उत्पन्न गरेको समस्याका कारण विश्वासको मत माग्नु पर्ने अवस्था आयो । हामी विश्वासको मत दिन सक्दैनौ,’ देउवाले भने ।

    संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

     

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १५:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij