Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेयर बजारमा भारी गिरावट, परिसूचक २५ सय विन्दुमा अडियो

सेयर बजारमा भारी गिरावट, परिसूचक २५ सय विन्दुमा अडियो


  • 1.3K
    Shares

    • images
    सेयर बजारमा भारी गिरावट, परिसूचक २५ सय विन्दुमा अडियो

    काठमाडौं । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अङ्कको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८.८३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २५०३.५३ अङ्कमा झरेको छ । 

    कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो । 

    त्यसपछि भने बजार सम्हालियो । अन्तिम २ घण्टामा बजारले सामान्य सुधार गर्दै २५ सयभन्दा माथि रहेर बजार बन्द भएको हो । 

    आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत, अन्य क्षेत्रका कम्पनीमा सर्वाधिक ४.७९ प्रतिशत गिरावट आएको छ । फाइनान्स, हाइड्रो र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशत भन्दा धेरैको गिरावट छ । सबैभन्दा कम घट्ने म्युचुअल फण्डमा ०.९९ प्रतिशतको गिरावट छ । 

    बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट नलागे पनि ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बजारमा आज नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६.०१ प्रतिशतको वृद्धि देखिएको छ । 

    बजारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भई सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा परेका छन् ।

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १५:३९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij