२०८२ माघ १४ गते बुधवार
काठमाडौं । संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सम्पूर्ण तयारी पुरा भएको छ। संसद सचिवालयका अनुसार तीनवटा लवीमा मतदानको व्यवस्था। हुन्छ, हुन्न र मत दिन्न गरि तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

कोभिड संक्रमित सदस्यहरुका लागि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको छ। संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेका छन्। दलका शीर्ष नेताहरु बोल्ने क्रम सुरु भएको छ। अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोलिरहेका छन्। दलका शीर्ष नेताहरु बोलिसकेपछि प्रधानमन्त्रीले जवाफ दिने छन्। त्यसपछि मत विभाजनको प्रक्रिया सुरु हुने संसद सचिवालयले जनाएको छ।

२८ जना सांसद कोरोना संक्रमित भएकाले बैठकमा अन्य सांसदसरह भाग लिन पाउने छैनन्। यद्यपि उनीहरूका लागि भने छुट्टै व्यवस्थापन गरिएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा विपक्षमा भोट हाल्न पाउने गरी संक्रमित सांसदहरूलाई व्यवस्थापन गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij