Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग

पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग


  • 519
    Shares

    पुँजी बजार सुधार प्रतिवेदनको स्टक ब्रोकरद्वारा स्वागत, तत्काल कार्यान्वयनमा लैजान माग
    images

    काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै कार्यान्वयनका लागि जोडदार माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनका गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै तत्काल कार्यान्वनका लागि सम्बद्ध निकायसँग माग गरेको हो। 

    अर्थमन्त्री खनालनको निर्देशनका धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुधारका लागि सुझाव दिन कार्यदलन गठन गरिएको थियो। उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेप्सेलगायत निकायलाई निर्देशन दिएका छन्। 

    अर्थ मन्त्रालयले उक्त निर्देशन दिएसँगै एसबानले पनि पुँजी बजार सुधारका लागि आवश्यक व्यवस्थाहरु तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ। अर्थमन्त्रीमा खनाल नियुक्त भएसँगै उनले पुँजी बजारको दिगो विकास र सुधारका लागि अग्रसरतार देखाएको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिएका छन्। 

    यसअघि कुनैपनि क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भएपनि कार्यान्यनमा आउन कठिनाई भएको भन्दै हाल पुँजी बजार सुधारका लागि दिइएको सुझावलाइ तत्काल कार्यान्वनयमा ल्याउनुपर्ने ढकालको भनाई रहेको छ। 

     

     

    ःबचगतष् ऋझभलतक

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १५:४९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij