Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माधव समूहका सांसदले राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

माधव समूहका सांसदले राजीनामा नदिने, संसद बैठकमा पनि नजाने


  • 5.5K
    Shares

    माधव समूहका सांसदले राजीनामा नदिने, संसद बैठकमा पनि नजाने

    काठमाण्डौ । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले तत्काल राजीनामा नदिने र आजको प्रतिनिधिसभा बैठकमा उपस्थित पनि नहुने निर्णय गरेको छ ।

    सामूहिक राजीनामा दिने तयारी भए पनि केही सांसदले यसको विरोध गरेपछि उनीहरु यो निर्णयमा पुगेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले पार्टी अध्यक्ष ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीले आज संसदको विशेष अधिवेशनमार्फत विश्वासको मत लिदै हुनुहुन्छ ।

    खनाल–नेपाल समूहका सांसद उपस्थित नहुने भएपछि ओलीलाई विश्वासको मत लिन थप सकस हुने भएको छ । नेपाल–खनाल समूहका कति सांसद अनुपस्थित हुन्छन् भन्ने यकिन भैसकेको छैन । २७५ सदस्यीय प्रतिनिधिसभामा अहिले २७१ सदस्य कायम छ ।

    प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक छ । कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदले मत दिन पाउनेछन् ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - ११:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij