२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुरु भएको छ । असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको मूल्य तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।
साथै, असोज १२ मा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ९३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij