Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राजीनामा दिनेगरि खनाल–नेपाल समू्हका सांसदहरु सिंहदरबारमा भेला

राजीनामा दिनेगरि खनाल–नेपाल समू्हका सांसदहरु सिंहदरबारमा भेला


  • 5.4K
    Shares

    राजीनामा दिनेगरि खनाल–नेपाल समू्हका सांसदहरु सिंहदरबारमा भेला

    काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार पुगेका छन् । उनीहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खनाल–नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिबद्धता खोजेको थियो ।

    नेता योगेश भट्टराईले दुई बुँदामा प्रधानमन्त्रीले प्रतिबद्धता जनाए आज हुने संसद्को बैठकमा विश्वासको मतका प्रस्तावमा उभिने नभए साढे ९ बजे बैठक बसेर कठोर निर्णय लिने जनाएका थिए ।

    तर, प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।

    नेता नेपालले अब नयाँ पार्टी निर्माण गरेर जानुपर्नेबारे हिजै सांसदहरुलाई ब्रिफिङ गरिसकेका छन् ।

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १०:०४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij