२०८२ माघ १४ गते बुधवार
काठमाण्डौ । नेकपा एमाले माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन अन्तिम पटक अल्टिमेटम दिएका छन् । आज साँझ बसेको उक्त समुहको बैठकले भोलि २७ गते विहान ९ बजेभित्रमा सर्वोच्चको फैसलापछि गरिएका निर्णय फिर्ता लिन समय दिएको हो ।
ओलीले बेवास्ता गरे नयाँ निर्णय गरेर अघि बढ्ने बैठकपछि योगेश भट्टराईले जानकारी दिए । आफूहरु पार्टीलाई विभाजित गर्न नचाहेकाले नै अन्तिम समयसम्म अध्यक्ष ओलीालई मौका दिएको भट्टराईको भनाई छ । एमालेलाई नेकपा माओवादी केन्द्रसँगको एकताअघिकै अवस्थामा पुर्याउनुको विकल्प नभएको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij