Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कोरोना संक्रमित सांसदहरुले मतदान गर्न पाउने

कोरोना संक्रमित सांसदहरुले मतदान गर्न पाउने


  • 6.5K
    Shares

    कोरोना संक्रमित सांसदहरुले  मतदान गर्न पाउने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    ‘संक्रमण भएका माननीयलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने ।

    प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउनेछन् । हालसम्म ५० भन्दा बढी सांसदको परीक्षण गर्न बाँकी छ । 

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १६:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij