Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

गण्डकी प्रदेशमा थपिए ३७९ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३७९ जना कोरोना संक्रमित


  • 5.0K
    Shares

    • images
    गण्डकी  प्रदेशमा थपिए ३७९ जना कोरोना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
     
    उनका अनुसार गोरखामा ६०, तनहुँमा ६६,बाग्लुङ २०, स्याङजा २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्वमा १ र म्याग्दीमा १ गरी थप ३७९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ हजार ९७९ पुगेको छ ।

    यसैबीच प्रदेशमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको प्रदेशमै पहिलो घट्ना हो । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १५:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij