Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

महन्थ र राजेन्द्रको दौडधुपपछि जसपाले बोलायो पदाधिकारी बैठक

महन्थ र राजेन्द्रको दौडधुपपछि जसपाले बोलायो पदाधिकारी बैठक


  • 5.3K
    Shares

    महन्थ र राजेन्द्रको दौडधुपपछि जसपाले बोलायो पदाधिकारी बैठक

    काठमाडौं । नयाँ सत्ता समीकरणलाई लिएर दुई कित्तामा विभाजित जनता समाजवादी पार्टी (जसपा)ले पदाधिकारी बैठक बोलाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि बोलाएको संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

    बैठकमा भट्टराईसहित अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई छन्। जसपा पदाधिकारी बैठक जारी रहेको एक नेताले बताए।

    जसपाका महन्थ-राजेन्द्र पक्षले बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भटेर आफूहरू तटस्थ बस्ने बताएका थिए।

    प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिने निर्णय गरेकाले त्यसमा पक्ष वा विपक्ष दुवैमा नउभिने महन्थ–राजेन्द्र पक्षको भनाइ छ। तर, जसपा बाबुराम-उपेन्द्र पक्षले तटस्थ नबस्ने अभिव्यक्ति दिँदै आएका छन्।

     

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १५:००:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij