Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

२९ गतेपछि पनि १५ दिन निषेधाज्ञा थप्ने सरकारको तयारी

२९ गतेपछि पनि १५ दिन निषेधाज्ञा थप्ने सरकारको तयारी


  • 7.5K
    Shares

    • images
    २९ गतेपछि पनि १५ दिन निषेधाज्ञा थप्ने सरकारको तयारी

    काठमाडौं । कोरोना संक्रमण रोकथाम र न्युनिकरणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा जारी छ ।

    यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे)सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको आदेश एक साता थप्ने निर्णय गरेको हो ।

    थपिएको आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ । त्यस्तै कारोना नियन्त्रण गर्न थप १५ दिन निषेधाज्ञा गर्ने तयारीमा सरकार छ ।

    नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

    यसैबीच निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ५ सय ६३ वटा सवारी साधनलाई आइतबार बिहार्न काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ४ सय ३५ वटा २ पाङग्रे, १०२ वटा चारपाङग्रे र २६ वटा अन्य सवारी साधन रहेका छन् ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १४:३९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij