Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साथीको कुटाइबाट वृद्धको मृत्यु

साथीको कुटाइबाट वृद्धको मृत्यु


  • 6.2K
    Shares

    साथीको कुटाइबाट वृद्धको मृत्यु

    ओखलढुङ्गा । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा यहाँ एक वृद्धको मृत्यु भएको छ । साथीको कुटाइबाट खिजिदेम्बा गाउँपालिका–१ रगनीको आरुबोटका ६० वर्षीय महेशकुमार खड्काको मृत्यु भएको हो ।

    शनिबार बेलुका करीब ८ः४५ बजे स्थानीयवासी ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका  प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेका थिए । दुवै जनाले मदिरा सेवन गरेका थिए । घरैमा आएर सुनुवारले हत्या गरेको गरेको भन्दै खड्काका परिवारले कारवाहीको माग गरेका छन् । 

    शव परीक्षण गर्ने तयारी भइरहेको छ । कुटाकुटका क्रममा सुनुवारसमेत घाइते भएकाले स्थानीय क्लिनिकमा उपचारपश्चात् इलाका प्रहरी कार्यालय खिजिफलाटेले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १४:३३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij