Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शेयर बजारमा १११ अंकको वृद्धि, ९ अर्ब १७ करोडको कारोबार

शेयर बजारमा १११ अंकको वृद्धि, ९ अर्ब १७ करोडको कारोबार


  • 1.1K
    Shares

    • images
    शेयर बजारमा १११ अंकको वृद्धि, ९ अर्ब १७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेर बन्द भएको छ । आज व्यापार समुह साढे ८ प्रतिशतले बढ्दा शेयर बजारमा रौनक देखिएको छ ।

    शेयर बजार मापक नेप्से परिसूचक १११ अंकले बढेर २६२३ को विन्दुमा कायम भएको छ ।यसदिन ४.४५ प्रतिशतले बढेको नेप्से २६२३.६२बिन्दुमा उक्लिएको हो ।

    आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२९ कम्पनीको २ करोड ३२ लाख २२४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ । 

    यसदिन निर्जिवन बीमा साढे ३ प्रतिशत र म्युच्युअल फण्ड ०.७३ प्रतिशतले घटेको छ भने व्यापार समुह ८.३३, लगानी समुह ७.७७, जलविद्युत समुह ५.९८, बिकास बैंक समुह ६.३४, जीवन बमिा समुह ५.९३, फाइनान्स समुह ६, बैंकिङ समुह ४.७६ प्रतिशतले बढेको छ ।

    प्रकाशित मिति :आश्विन ५ २०८२ आइतवार - १५:४१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij