Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पूर्वसचिव रेग्मी लाेकसेवा आयाेगकाे अध्यक्षमा सिफारिस

पूर्वसचिव रेग्मी लाेकसेवा आयाेगकाे अध्यक्षमा सिफारिस


  • 5.1K
    Shares

    पूर्वसचिव रेग्मी लाेकसेवा आयाेगकाे अध्यक्षमा सिफारिस

    काठमाडौं । संवैधानिक परिषद्ले लोकसेवा आयोग अध्यक्षको रिक्त पदमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो ।

    झापा निवासी माधव सर्वोच्चका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । कुमार रेग्मी तिनै हुन्, जसले नेकपा नाममाथि परेको मुद्दाको फैसला सुनाउँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् अवस्थामा फर्काइदिएका थिए ।

    माधव कांग्रेसको कोटाबाट अध्यक्ष सिफारिस भएको बताइएको छ । यद्यपि, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिएनन् । सभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित थिएनन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी भएको बैठकले अरू रिक्त ठाउँमा पदपूर्ति सिफारिस गरेको बताइएको छ ।

     

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १४:२९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij