२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले सर्वसाधारणका लागि गत भदौ ३० गते आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा असोज २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो। तर, सरकारले राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिएकोले अब यो आइपीओमा आज असोज ५ गतेसम्म आवेदन दिने म्याद थप गरिएको हो।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर ९१४ करोड ५२ लाख रुपैयाँ बराबर० निष्काशन गर्न अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशत ९१ लाख ४५ हजार २०० कित्ता० शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ।
त्यसैगरी, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।
बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ छ । सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij