Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

म 'नेपो बेबी’ होइन, रिबन काटेकै ३ लाखसम्म लिन्थेंः श्रृंखला खतिवडा

म 'नेपो बेबी’ होइन, रिबन काटेकै ३ लाखसम्म लिन्थेंः श्रृंखला खतिवडा


  • 1.6K
    Shares

    म 'नेपो बेबी’ होइन, रिबन काटेकै ३ लाखसम्म लिन्थेंः श्रृंखला खतिवडा
    images

    काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमार्फत आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएको आलोचनाको जवाफ दिएकी छन्। भावुक हुँदै इन्स्टाग्राममा दुई वटा भिडियो राख्दै उनले पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको भन्ने आरोपलाई खण्डन गर्दै आफू ‘सेल्फ मेड’ भएको दाबी गरिन्।

    मिस नेपाल बनेपछि ब्रान्ड एन्डोर्समेन्टबाट मात्रै करिब तीन करोड १२ लाख रुपैयाँ कमाएको र हार्वर्डमा अध्ययन गर्दा त्यही पैसाबाट एक करोड ४० लाख रुपैयाँ खर्च भएको उनले स्पष्ट पारिन्। श्रृंखलाले मिस नेपाल बन्नु अघि आफ्नो जीवनमा कुनै विलासिता नभएको भन्दै साधारण जीवन बिताउँदै आएको स्मरण गर्न आग्रह गरिन्। ‘मैले पढेका स्कुलदेखि लवाइखवाइसम्म सबै कुरा हेर्दा कुनै विशेषाधिकार प्राप्त हुर्काइ भएको छैन भन्ने स्पष्ट हुन्छ,’ श्रृंखलाले भनिन्।

    उनले आफूले रिबन काटेर ५० हजार देखि ३ लाखसम्म लिने गरेको साथै इन्स्टाग्राम विज्ञापन गरेको लाखौं रकम लिने गरेको समेत खुलाएकी छिन्। 

    उनले सामाजिक सञ्जालमा भ्युज र लाइकको दौडमा मानिसहरूले मानवता गुमाएको जस्तो लाग्ने श्रृंखलाको भनाइ छ। उनले सबैजना सामान्य जीवनमा फर्किसकेको भएपनि आफू भने अझै ‘हाउस अरेष्ट’ मा बस्नुपरेको भन्दै दुःख सुनाइन्। 

    जेनजी आन्दोलनका क्रममा श्रृंखलाको हेटौडा स्थित निवासमा आगजनी भएको थियो।

    प्रकाशित मिति :आश्विन ३ २०८२ शुक्रवार - ०७:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij