Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बाँके अस्पतालमा एकै रातमा ८ जना संक्रमितको मृत्यु

बाँके अस्पतालमा एकै रातमा ८ जना संक्रमितको मृत्यु


  • 5.0K
    Shares

    बाँके अस्पतालमा एकै रातमा ८ जना संक्रमितको मृत्यु

    बाँकेका अस्पतालमा गए राति कारोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा ५ जना र शिक्षण अस्पताल कोहलपुरमा ३ जना कोरोना संक्रमितको एकैरातमा मृत्यु भएको हो । 

    मृत्यु हुनेहरुमा बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिला रहेका छन् ।
     
    यस्तै लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट गए राति नै मृत्यु भएको हो । 

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १३:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij