Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र

हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र


  • 589
    Shares

    • images
    हारको कारणसहित चैत ३ भित्र समीक्षा प्रतिवेदन बुझाउन कांग्रेसको परिपत्र

    काठमाडौं । नेपाली कांग्रेसले  प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै पराजयका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ।

    पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई परिपत्र गर्दै तत्काल अनुशासन समिति गठन गर्न र हारको कारण खोजेर केन्द्रमा पठाउन निर्देशन दिएको हो।

    महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनमा  परिणाम निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षाको विषय बनाउन आग्रह गरिएको छ । 

    निर्वाचन परिणामको समीक्षा, पराजयका कारणहरू, अनुभव, सुझाव तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर प्रदेश, जिल्ला र प्रतिनिधि सभाका उम्मेदवारहरूले आआफ्नो तर्फबाट विस्तृत प्रतिवेदन केन्द्रमा पठाउन आग्रह गरिएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले अनुशासन समितिको विवरण र निर्वाचन समीक्षा प्रतिवेदन आगामी  चैत्र ३ गतेभित्र अनिवार्य रूपमा पठाइसक्न समयसीमा  समेत तोकेको छ। 

    647406872_2375134239640489_5832734909197316795_n_iMi1IRGAR8.jpg

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १०:३८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij