२०८२ माघ १४ गते बुधवार
काठमाडौं । संवैधानिक परिषद्ले लोक सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ।
आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त विभिन्न आयोगका पदमा नियुक्तिका लागि सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए। उनका अनुसार परिषद्ले सिफारिस गरेका नाम केहीबेरमा सार्वजनिक गरिनेछ।
मंसिर ३० गते जारी भएको अध्यादेशबाट दोस्रोपटक संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको हो।
लोक सेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी र अख्तियारमा दुई आयुक्त रिक्त छन्। यस्तै, महिला आयोग, वित्त आयोग, दलित आयोग लगायतका संवैधानिक निकायमा केही पद रिक्त छन्।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्। यसअघि मंसिर ३० गते बसेको बैठकमा पनि उनीहरू सहभागी थिएनन्।
सरकारले हालै जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७८ (पहिलो संशोधन)को कांग्रेस लगायतका दलहरूले विरोध गर्दै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij