Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कारोबार सुरु भएको दुई मिनेटमै नेप्सेमा नकारात्मक सर्किट

कारोबार सुरु भएको दुई मिनेटमै नेप्सेमा नकारात्मक सर्किट


  • 1.1K
    Shares

    • images
    कारोबार सुरु भएको दुई मिनेटमै नेप्सेमा नकारात्मक सर्किट

    काठमाडौं । जेनजी आन्दोलनपछि खुलेको नेप्सेमा नकारात्मक सर्किट लागेको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेपछिको पहिलो कारोबार दिन नेप्सेमा नकारात्मक सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ । 

    प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।

    गत भदौ २३ गते ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से ७ दिन पछि कारोबार हुँदा प्रि ओपन सेसनमा ३४.२७ अंक घटेर २६३७.९७ विन्दुमा झरेको थियो । तर पुन १०७.०४ अंक घटेर नकारात्मक सर्किट लाग्दा नेप्से २५६५.२१ विन्दुमा झरेको छ ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - ११:२५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij