Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?


  • 946
    Shares

    • images
    बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

    काठमाडौं । भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलेको बुङ्गल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ ।

    बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच सेयर बाँडफाँट गरेको हो । कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका थिए । स्वीकृत आवेदन २१ लाख ४३ हजार २५० रहेका थिए ।

    १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी रहेको १९ लाख ७३ हजार १ सय आवेदकको हात रित्तो भएको छ । स्वीकृत आवेदनमध्ये सेयर पाउने जम्मा ७.९ प्रतिशत मात्रै हो ।

    आईपीओको नतिजा केही बेरपछि अनलाइन प्रणाली आईपीओ रिजल्ट  https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ ।

     

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १०:३५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij