Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा नेता ठाकुर र महतोको सत्ता दौंडधुप, ओली भेट्न छिरे बालुवाटार

जसपा नेता ठाकुर र महतोको सत्ता दौंडधुप, ओली भेट्न छिरे बालुवाटार


  • 6.7K
    Shares

    जसपा नेता ठाकुर र महतोको सत्ता दौंडधुप, ओली भेट्न छिरे बालुवाटार

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो विहानैदेखि सत्ता दौडधुपमा लागेका छन् ।

    करिव १ घण्टा कांग्रेस सभापति शेर बहादुर  देउवा निवासमा विताएका जसपा नेताद्वाय ठाकुर र महतो अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्ताको  सन्देश लिएर ठाकुर र महतो  प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि भर्खरै बालुवाटार छिरेका छन् ।

    देउवासँगको भेटमा  जसपा नेताहरुले सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए आफुहरु तटस्थ बस्ने नदिएमा ओलीलाई समर्थन गर्ने देउवालाई जानकारी गराएका छन् । जसपाको उपेन्द्र यादव पक्ष भने ओलीलाई कुनै हालतमा समर्थन नगर्ने पक्षमा रहँदै आएको छ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने बताउदै विश्साको मत लिने प्रधानमन्त्रीको प्रयास असफल पार्ने बताएको छ ।  

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - १२:०५:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij