Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कीर्तिमानी मूल्यबाट सुनको भाउ घट्यो, तोलाको कति ?

कीर्तिमानी मूल्यबाट सुनको भाउ घट्यो, तोलाको कति ?


  • 1.0K
    Shares

    कीर्तिमानी मूल्यबाट सुनको भाउ घट्यो, तोलाको कति ?
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । 

    यससँगै आज सुन तोलामा २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य रहेको थियो ।

    साथै, आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला २५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।  

     

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - ११:१२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij