Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

नेपाल पक्ष ओलीको विश्वासको मतलाई धराप पार्ने दाउमा, २१ जना सांसदले गरे राजिनामाको तयारी

नेपाल पक्ष ओलीको विश्वासको मतलाई धराप पार्ने दाउमा, २१ जना सांसदले गरे राजिनामाको तयारी


  • 4.8K
    Shares

    नेपाल पक्ष ओलीको विश्वासको मतलाई धराप पार्ने दाउमा, २१ जना सांसदले गरे राजिनामाको तयारी

    काठमाडौं । एमालेमा माधव कुमार नेपालपक्षका २० सांसदले राजीनामा पत्रमा हस्ताक्षर गरेका छन् । उनिहरुले आज दिउसो राजीनामा दिने र आजै ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विपक्षी गठवन्धनको तयारी रहेको छ ।

    सहमतीको प्रयास ओली कै कारण असफल भएको निश्कर्ष निकाल्दै नेपाल पक्षका सांसदहरु राजीनामा दिने निर्णयमा पुगेका हुन । एमालेलाई एकता पूर्वको अवस्थामा पुर्याउने माधव नेपालको मागमा ओली टसमस नभएपछि एकताको सम्भावना टरेको निश्कर्ष निकाल्दै राजीनामा दिन लागिएको हो ।

    प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसद रहेका छन् । जसमध्ये प्रधानमन्त्री ओलीलाई बहुमतका लागि १३४ जनाको मत चाहिन्छ । जसमा एमालेको १२१, कांग्रेसको ६१, माओवादीको ५० र जसपाका उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान गरिएको छ  । त्यति हुँदा पनि संसदमा मात्र १२९ सिट हुन्छ ।

    स्रोतका अनुसार यदि नेपाल पक्षका २१ जनाले राजिनामा दिए भने एमालेको प्रतिनिधिसभामा १०० सिट हुनेछ । २१ जनाले राजीनामा दिएपछि प्रतिनिधिसभाको संख्या २४६ हुन्छ । त्यसको सामान्य बहुमत भनेको १२४ हो । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने निश्चित प्रायः हुन्छ ।

    नेपाल पक्षका २० सांसदले शनिवार साँझ नै सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् । यसरी राजीनमा बुझाउनेहरुमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु रहेका छन् ।

    नेपाल पक्षका सांसदको राजीनामा पछि आजै ओली विरुद्ध अविश्वासको प्रस्ताव लैजाने तयारी भइरहेको छ । 

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - ११:३९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij