Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड, ४ लाख ३४ हजार बढीले पाए शेयर

बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड, ४ लाख ३४ हजार बढीले पाए शेयर


  • 1.1K
    Shares

    • images
    बन्दीपुर केबलकारको आईपीओ बाँडफाँड, ४ लाख ३४ हजार बढीले पाए शेयर

    काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता सेयर गत भदौ ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

    आईपीओमा कुल २४ लाख २२ हजार १७७ जनाले २ करोड ७६ लाख ३७ हजार ७२० कित्ता सेयरको लागि आवेदन दिएका थिए भने गोलाप्रथा प्रक्रियामा ४ लाख ३४ हजार १०८ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १८:२५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij