Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसवाई प्यानलको आइपीओ निष्कासन स्थगित

एसवाई प्यानलको आइपीओ निष्कासन स्थगित


  • 911
    Shares

    • images
    एसवाई प्यानलको आइपीओ निष्कासन स्थगित

    काठमाडौं । एसवाई प्यानल नेपालले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन कार्य स्थगि गरेको छ।

    कम्पनीले आज भदौ २९ गतेबाट पहिलो चरणको आइपीओ बिक्री खुला गर्ने भनेको थियो। तर, मुलुकको विषम परिस्थितिलाई ध्यानमा राखेर अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई आइपीओ निष्कासन कार्य स्थगित भएको आज सूचना जारी गर्दै कम्पनीले जानकारी गराएको छ।

    नेपाल धितोपत्र बोर्डले एसवाई प्यानल नेपाललाई जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आइपीओ ल्याउन अनुमति दिएको छ।  बिक्री प्रबन्धक प्रभु क्यापिटलमा रहेको छ ।  

    जसअनुसार जारी पुँजीको २ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल २ लाख ६१ हजार ६२७ कित्ता शेयर उद्योग प्रभावितका बासिन्दा –चितवनको रत्ननगर नगरपालिका सबै वडाका लागि बिक्री खुला गरिने भएको छ।

    कम्पनीले सार्वजनिक निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी गर्ने भएको छ। दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    आइपीओमा प्रभावित क्षेत्रका बासिन्दाले रत्ननगर-१४ स्थित कम्पनीको कार्यालयसँगै धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय र क्यापिटलले निर्माण गरेको अनलाइनबाट तथा प्रभु बैंकको सौराहा र टाँडी शाखाबाट आवेदन दिन सक्नेछन्।

    वैदेशिक रोजगारमा रहेका नेपालीले भने यस आइपीओमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सबै सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - ११:५७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij