Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

कोरोना संक्रमित सांसदहरुलाई पनि संसद बैठकमा सहभागी गराउने

कोरोना संक्रमित सांसदहरुलाई पनि संसद बैठकमा सहभागी गराउने


  • 5.7K
    Shares

    कोरोना संक्रमित सांसदहरुलाई पनि संसद बैठकमा सहभागी गराउने

    काठमाडौं । संघीय संसद सचिवालयले कोरोना संक्रमण पुष्टि भएको सांसदहरुलाई पनि बैठकमा सहभागी गराउने भएको छ ।

    अहिले सरकारका केही मन्त्री समेत गरी २५ जना सांसदहरुमा कोरोना पुष्टि भएको छ । प्रधानमनत्री केपी र्शा ओलीले विश्वासको मत लिनका लागि सोमबार बोलाइएको विशेष अधिवेशनमा सबैलाई सहभागी गराइने सचिवालयले जनाएको छ ।

    उनीहरूलाई बस्नका लागि छुट्टै स्थान बनाइने छ । सबै सांसदहरु मतदानमा पनि सहभागी हुन पाउने छन् ।

    बैठकअघि गरिएको परीक्षणमा पर्यटन मन्त्री भानुभक्त ढकाल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोसहित दुई दर्जन सांसदहरूमा कोरोना संक्रमण भएको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १५:०१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij