२०८२ माघ १४ गते बुधवार
काठमाडौं । भारतको हरिद्वारमा कुम्भमेलामा फर्किएपछि संक्रमण पुष्टि भएर आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार आएको छ । स्वास्थ्यमा सुधारसँगै उनलाई सघन उपचार कक्ष (आईसीयू)बाट क्याबिनमा सारिएको छ ।
संक्रमण पुष्टि भएपछि उनी गत वैशाख ७ मा नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको आईसीयूमा राखेर प्लाज्मा थेरापीबाट उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार आईसीयूमा रहँदा उनलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो। हाल प्रतिमिनेट प्रतिमिनेट ५ लिटर मात्रै अक्सिजन दिइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
कुम्भमेलाबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि संक्रमण भएको थियो । उनको भने स्वास्थ्य अवस्था सामान्य छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij