Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, जसपा विभाजनका लागि अध्यादेश ल्याउने तयारी

बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, जसपा विभाजनका लागि अध्यादेश ल्याउने तयारी


  • 4.3K
    Shares

    बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै, जसपा विभाजनका लागि अध्यादेश ल्याउने तयारी

    काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बेलूकी पाँच बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि राजनीतिक परामर्श तीव्र पारेका प्रधानमन्त्री ओलीले कोभिड महामारी नियन्त्रण लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको अनुमान छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका बेला विपक्षी कांग्रेस, माओवादी र जसपा लगायतका दलहरुले गठबन्धन बनाउने तयारी गरेका छन् । एमालेमा माधव कुमार नेपाल पक्षका नेताहरु भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने ? भन्ने विषयमा छलफलमा छन् ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - ११:३८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij