Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका न्यायाधीशको राय बाझियो, मुद्दा अब पूर्ण इजलासमा

शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका न्यायाधीशको राय बाझियो, मुद्दा अब पूर्ण इजलासमा


  • 5.2K
    Shares

    शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका न्यायाधीशको राय बाझियो, मुद्दा अब पूर्ण इजलासमा

    काठमाडौं । ललिता निवासको जग्गा घोटाला गरेको आरोपमा थुनामा रहेका शोभाकान्त ढकालसँग धरौटी लिनेबारे सर्वोच्चका दुई न्यायाधीशको राय बाझिएको छ । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई बीचमा राय बाझिएपछि ढकालको मुद्दामा निर्णय हुन सकेन । 

    विशेष अदालतले ०७७ माघ २८ मा ढकाललाई थुनामा राख्ने आदेश गरेको थियो । सो आदेश बिरुद्ध सर्वोच्च गएका ढकालको मुद्दा पुर्ण इजलासबाट सुनुवाइ गर्न आदेश गरिएको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाले ढकालसँग ३ करोड धरौटी लिएर थुनामुक्त गर्नुपर्ने राय दिएका थिए । तर, अर्का न्यायाधीश डा. आनन्दमोहन भट्टराईले थुनामा राख्ने राय व्यक्त गरेपछि सो मुद्दा उपर निर्णय हुन पाएन ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट ललिता निवासको जग्गा मध्ये धेरै कित्ता जग्गा ढकाल र उनकी पत्नीको नाममा देखिएको थियो ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १७:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij