२०८२ भाद्र २ गते सोमवार
बलिउड अभिनेत्री शिल्पा शेट्टीको परिवार कोरोनाको चपेटामा परेको छ । उनको परिवारमा उनीबाहेक सबैमा कोरोना संक्रमण देखिएको छ। शिल्पा स्वयम्ले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
पछिल्ला १० दिनमा उनको सासु, ससुरा, श्रीमान्, छोरी, छोरा र आमामा पनि कोरोना पोजेटिभ देखिएको उनले इन्स्टाग्राममा उल्लेख गरेकी छिन् । सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको उनले जनाएकी छिन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij