Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

संसदमा कोरोना : सांसद, कर्मचारी र सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण !

संसदमा कोरोना : सांसद, कर्मचारी र सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण !


  • 5.8K
    Shares

    संसदमा कोरोना : सांसद, कर्मचारी र सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण !

    काठमाडौं । संसदको विशेष अधिवेशनको तयारीका लागि गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । 

    संसद् भवन नयाँ बानेश्वरमा २२ र २३ गते भएको परीक्षणमा सहभागीमध्ये १० प्रतिशतमा कोरोना संक्रमण देखिएको सचिवालय स्रोतले जानकारी दियो । 

    बुधवार र बिहीवार परीक्षण गरिएका मध्ये ६१३ जनाको रिर्पोट आउँदा ६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    ‘१४ जना माननीय, केही कर्मचारी, मर्यादापालक र संसदीय मामिलाको रिर्पोटिङ गरिरहेका केही पत्रकारलाई कोरोना पुष्टि भएको छ,’ संसद् सचिवालय स्रोतले भन्यो । 

    अहिलेसम्म आएको नतिजामा १० दशमलव ६ प्रतिशतमा कोरोना संक्रमण देखिएको सचिवालयका ती अधिकारीले बताए । सभामुख अग्नि सापकोटा लगायत उनको सचिवालयका भने कसैलाई पनि संक्रमण देखिएको छैन ।  

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक वैशाख २७ गते बस्दैछ । सोही प्रयोजनका लागि बुधवार, बिहीवार र शुक्रवार सांसद, कर्मचारी र पत्रकारहरूको स्वाब संकलन गरिएको थियो । 
     

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १६:३९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij