Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रामकुमारी झाँक्रीले फेरी दिइन् चेतावनी, हाम्रा लागि विजय र मृत्यू बराबर सम्भावना

रामकुमारी झाँक्रीले फेरी दिइन् चेतावनी, हाम्रा लागि विजय र मृत्यू बराबर सम्भावना


  • 4.7K
    Shares

    रामकुमारी झाँक्रीले फेरी दिइन् चेतावनी, हाम्रा लागि विजय र मृत्यू बराबर सम्भावना

    काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् ।

    संधै झै उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदवाट विश्वासको मत लिने घोषणा पछि देखिएको राजनीतिक घटनाक्रमलाई लिएर झाँक्रीले यस्तो प्रतिकृया दिएकी हुन् ।

    उनका नेता माधव कुमार नेपाल विपक्षी दलहरुसंग लगातार परामर्शमा छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।

    उनले लेखेको स्टाटस यस्तो छ राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। युद्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।

    आजै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको वार्ता सहमति नजिक नपुगेको उल्लेख गरेका छन् । उनले ओलीसंग आफ्ना पक्षका नेताहरुको बैठकलाई संकेत गर्दै यस्तो बताएका हुन् ।

    सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा पार्टी संचालन गरेका छन् । ओली पक्षलाई फागुन २८ गते गरेको निर्णय फिर्ता लिन नेपाल पक्षको माग छ ।

    ramm.jpg

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १६:२४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij