Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

चलचित्र ‘रिमै’ को प्रिमियर सम्पन्न

चलचित्र ‘रिमै’ को प्रिमियर सम्पन्न


  • 225
    Shares

    चलचित्र ‘रिमै’ को प्रिमियर सम्पन्न
    images

    काठमाडौं । चलचित्र ‘रिमै’को प्रिमियर गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको प्रिमियर गरिएको हो ।

    शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को मुख्य भुमिकामा कलाकार दयाहाङ राई र रिश्मा गुरुङ रहेका छन् । चलचित्रको प्रिमियरमा गुरुङ समुदायको सांस्कृतिक झाँकी सोरठी नाचसमेत प्रश्तुत गरिएको थियो । 

    अभिनेता दयाहाङ राईले चलचित्र ‘रिमै’ नेपालको कुनै एउटा भेगको गुरुङ समुदायको संस्कारमाथीको कथा भएको बताए । उनले चलचित्रमा आफुले गुरुङ समुदायको भुमिका निवार्ह गर्न कोशिस गरेको बताए। तर भुमिकालाई न्याय गर्न नसकेको भन्दै उनले माफी समेत मागे। 

    चलचित्र ‘रिमै’लाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन् । यसको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेख्नुभएको हो भने शैलेन्द्रध्वज कार्कीले चलचित्रलाई खिचेका छन्। चलचित्रमा दयाहाङ र रिस्मासँगै अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङलगायतको अभिनय छ ।
     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १८:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij