Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

विजेन्द्रसँग यही मंसिर २२ गते लगनगाँठो कस्दै अभिनेत्री स्वेता खड्का

विजेन्द्रसँग यही मंसिर २२ गते लगनगाँठो कस्दै अभिनेत्री स्वेता खड्का


  • 9.8K
    Shares

    विजेन्द्रसँग यही मंसिर २२ गते लगनगाँठो कस्दै अभिनेत्री स्वेता खड्का
    images

    काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाहबन्धनमा बाँधिने पक्का भएको छ । उनी आगामी मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह बन्धनमा बाँधिन लागेको बुझिएको छ ।

    उनी लामो समयदेखि रावतसँग प्रेममा रहेको विषयमा लोकान्तरले यसअघि समाचार सार्वजनिक गरेको थियो । त्यतिबेला मंसिर ५ गते बिहे हुने हल्ला थियो, तर स्वेताले तत्काल बिहे गर्ने विषयमा नसोचेको प्रतिक्रिया दिएकी थिइन् ।

    सार्वजनिक भएको विवाह कार्डका अनुसार गोकर्ण फरेस्ट रिसोर्टमा उनको बिहे हुनेछ । विवाहमा उनीहरू दुई परिवारका सदस्य मात्रै उपस्थित हुने जनाइएको छ । चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र उद्योगमा पाइला चालेकी स्वेताले गर्न लागेको यो दोस्रो बिहे हो ।

    यसअघि २०७१–३–२३ मा उनले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेकी थिइन्, तर बिहे भएको १ महिनामै श्रीकृष्णको निधन भएको थियो ।

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १२:०४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij