Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

ट्रिप टर्बोले सुरु गर्यो ट्राभल मेला २०२५

ट्रिप टर्बोले सुरु गर्यो ट्राभल मेला २०२५


  • 302
    Shares

    ट्रिप टर्बोले सुरु गर्यो ट्राभल मेला २०२५
    images

    काठमाडौं । नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ । जुन सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुने भएको छ । 

    यो डिजिटल–फस्र्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न सक्नेछ ।

    ट्राभल मेला २०२५ भाग्यशाली विजेताहरूका लागि रोमाञ्चक पुरस्कारहरूका साथ भरिएको छ । सहभागीहरूले बैंककको राउन्डट्रिप फ्लाईट, हवाई बलुन राईड र हाईग्राउन्ड एड्भेन्चर्सका रोमाञ्चक अनुभवहरू जस्तै जिपलाइन, बञ्जी, स्काइ स्क्रिमर र एटीभी राईड जित्न सक्छन् । अन्य पुरस्कारहरूमा बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, १ रात २ दिनको लक्जरी बसाई त्रिशूली भिल्लामा र स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ फन ल्याण्ड आईस स्केटिङ पास जस्ता अरु धेरै एड्भेन्चर गतिविधिहरू जित्न सक्छन् ।

    यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको फाइदा लिन सक्छन् । विभिन्न गतिविधिहरूमा ५०५ सम्म छुट, अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोनीङ, एटीभी (क्वाड बाईक) र अन्य धेरैमा  ६,५०० सम्म छुट पाउन सकिन्छ । साथै विशेष फायर सेल अवधिमा बस र उडानमा ३०० सम्म छुट पाउन सकिन्छ ।

    ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्नो त्त् ऋयष्लक, ट्रिप टर्बोका लोयल्टी पोइन्टस्, प्रयोग गरेर विशेष छुट र फ्रीबीहरू पाउन सक्छन् । यसमा उडानमा ३०० छुट, बसमा १०० छुट, निःशुल्क क्यूएफएक्स चलचित्र टिकट, फूडमान्डू अर्डरमा ५०० सम्म छुट, बिगमार्टमा ५०० सम्म छुट र अल्टिमा प्रोडक्टस्मा ७०० सम्म छुट पाउन सकिने छ । प्रयोगकर्ताहरूले हवाई बलुन राईड, प्याराग्लाइडिङ, एटीभी राईड, त्रिशूली भिल्ला बसाई र अन्यमा १,३५० सम्म छुट पाउन पनि सक्छन् ।

    यो अवधिभर ट्रिप टर्बो प्लेटफर्ममार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुने छन् ।

    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - ११:३३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij