Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

खोप आयात प्रकरणमाको अनियमिततामा प्रधानमन्त्री आफैँ संलग्‍न हुनुहुन्छ : गगन थापा

खोप आयात प्रकरणमाको अनियमिततामा प्रधानमन्त्री आफैँ संलग्‍न हुनुहुन्छ : गगन थापा


  • 7.2K
    Shares

    खोप आयात प्रकरणमाको अनियमिततामा प्रधानमन्त्री आफैँ संलग्‍न हुनुहुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले खोप प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली आफैँ संलग्‍न भएको आरोप लगाएका छन्।

    सामाजिक संजाल ट्विटरमा उनले खोप प्रकरण अनियमित मात्र नभई एक अपराध भएको पनि बताएका छन्।

    जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ  नभएको उनले उल्लेख गरेका छन्। संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पूरा गर्नुपर्ने उनले स्पष्ट पारेका छन्।

    'खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ-जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सबै @PM_Nepal ज्यूलाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफैँ संलग्न हुनुभयो', थापाले लेखेका छन्, 'जो आरोपित छ। उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन। संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पूरा गर्नुपर्छ।'

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १२:४१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij