२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेद्वार बनाउने निर्णय गरेको छ।
शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो। यसअघि जित सुनिश्चित नभएसम्म चुनाव नलड्ने अडान थापाले लिएका थिए।
बैठकपछि गृहमन्त्री थापा उम्मेद्वारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij