Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आईपीओ जारी गर्दै ‘सेतो बाघ भोड्का’, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

आईपीओ जारी गर्दै ‘सेतो बाघ भोड्का’, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त


  • 1.2K
    Shares

    आईपीओ जारी गर्दै ‘सेतो बाघ भोड्का’,  बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

    काठमाडौं । नेचुरल इस्पीरीट्स नेपाल लिमिटेडद्वारा सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

    विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नेचुरल इस्पीरीट्सको तर्फबाट अध्यक्ष श्री असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागिएको हो ।
    नेचुरल इस्पीरीट्स नेपाल लिमिटेड, मिति २०७१ मङ्सिर १४ गते (डिसेम्बर १४, २०१४) मा स्थापना भएको, नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादन कम्पनी हो । 

    उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नविनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ ।

    २० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर रहेको छ । हाल यस कम्पनीले “सरङ्गी व्हिस्की ४० युपी” र “सेतो बाघ भोड्का ३० युपी” नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध गराइरहेको छ, जसको वार्षिक उत्पादन १,३४,२९८ लिटर रहेको छ ।

    आगामी दिनमा निरन्तर नवप्रवर्तन, ग्राहक सन्तुष्टि र दिगोपनप्रति प्रतिबद्ध रहि नेपाली मदिरा उद्योगमा अग्रणी कम्पनीका रूपमा स्थापित हुने लक्ष्य लिएको कम्पनीको अध्यक्षले जानकारी दिएको छ । 

     

    images
    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - १५:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij