Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एमालेमा दुई पक्षबीच तीव्र वार्ता, भेटिएन सहमतिको बिन्दु

एमालेमा दुई पक्षबीच तीव्र वार्ता, भेटिएन सहमतिको बिन्दु


  • 4.9K
    Shares

    एमालेमा दुई पक्षबीच तीव्र वार्ता, भेटिएन सहमतिको बिन्दु

    काठमाडौं । हिजो बिहीबारदेखि नेकपा–एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच निरन्तर वार्ता भइरहेको छ। तर, ती वार्ताहरुबाट कुनै सहमतिको बिन्दु फेला नपरेको वार्तामा सहभागी नेताहरुले बताएका छन्।

    बिहीबार बेलुका पार्टी विवादकै विषयमा नेता नेपाललाई शीतलनिवास बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले लामो छलफल गरेकी थिइन्।

    उता प्रधानमन्त्री ओलीले नेपाल पक्षका घनश्याम भूसाल, योगेश भट्टराई लगायतका केही प्रभावशाली नेतालाई बालुवाटार बोलाएर मनाउने प्रयास गरेका थिए।

    त्यसैगरी दोस्रो तहका नेताहरुबीच पनि शृंखलाबद्ध छलफलहरु भइरहेका छन्। ‘भेटघाट भइरहेको छ, रिजल्ट आएको छैन,’ नेता भूसालले भने। वार्तामा सहभागी एक नेताका अनुसार ओलीले नेपाल पक्षका नेताहरुसँग बैठकमा सहभागी हुन आग्रह गरिरहेको छ।

    ‘बैठकमा जाउँ, बैठकबाटै कुरा मिलाउन सकिन्छ मात्र भन्नुभएको छ, तर उठेका विषय सम्बोधन गर्ने कुनै उपाय सुझाउनुभएको छैन,’ एक नेताले भने, ‘सहमति हुने कुनै ग्यारेन्टी छैन भने अर्को तर्फ हरेक पटक भएका सहमति समझदारीहरु कार्यान्वयन नगरेकै कारण यो स्थिति आएको हो।’

    अर्का एक नेताले सहमति गरे पनि त्यसको कार्यान्वयन हुन्छ भन्ने ग्यारेन्टी कसले गर्ने भन्ने सम्मको विश्वासको संकट आएको बताए।

    ‘माधव नेपालले राष्ट्रपतिसँग पनि लामो कुराकानी गर्नुभएको छ, तर त्यहाँ पनि कुरा त्यहि नै हो भने प्रधानमन्त्रीसँग भएका कुरा पनि त्यस्तै हुन्,’ ती नेताले भने। 

    विष्णु पौडेल, शंकर पोखरेललगायतका दोस्रो तहका नेताहरु कुराकानी राम्रैसँग भए पनि कतैबाट पनि निष्कर्षमूलक र ठोस समाधानमूलक कुरा नआएको नेताहरुको भनाइ छ।

     

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - ११:४२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij