Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ को मृत्यु


  • 8.4K
    Shares

    पछिल्लो २४ घण्टामा  थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि,  ५४ को मृत्यु
    images

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।

    बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २३ २०७८ बिहिवार - १९:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij