२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । नाडा अट शो-२०२५’ भव्य रुपमा आइतबार सम्पन्न भएको छ ।राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा लगातर ६ दिनसम्म चलेको १७औँ संस्करणको ‘नाडा अटो शो-२०२५’ दर्शकको उपस्थिति र सवारी बुकिङ्गले रेकर्ड कायम गरेको छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नाडाले गत भदौ ३ गतेदेखि आयोजना गरेको अटो मेलाले गाडीप्रेमीहरूलाई नयाँ मोडेलको अनुभव दिने मात्र नभई अटोमोबाइल उद्योगलाई नै नयाँ उचाइमा पुर्याउने संकेत समेत दिएको छ ।
देशभरका उपभोक्ता र व्यवसायीको आकर्षणको केन्द्र बनेको यो शोमा १ लाख ६० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । उक्त शोमा १३५ स्टलहरू राखिएको थियो भने ३० वटा नयाँ सवारी मोडेलहरू पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन राखिएको थियो ।
यो वर्ष पनि विद्युतीय सवारीतर्फको आकर्षण झनै बढेको छ । नेपालमा बिवाइडीका गाडी सर्वाधिक बुकिङ्ग भएको छ। आधिकारिक वितरक साइमेक्स इन्कका अनुसार १ हजार ४०० युनिट गाडी बुकिङ भएको छ । योसँगै बीवाइडीले आफूलाई नाडा अटो शोमा पनि एक नम्बरमै कायम राख्न सफल भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij